दुर्घटनामा परी राप्रपा नेता श्रेष्ठकाे निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडाैँ – माेटरसाइकलले ठक्कर दिँदा राप्रपा खाेटाङका नेता जीवनकुमार श्रेष्ठकाे निधन भएकाे छ। दुर्घटनापछि गम्भीर घाइते भएका नेता श्रेष्ठकाे उपचारकाे क्रममा निधन भएकाे हाे।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले बताए।

उनका अनुसार मोटरसाइकलकाे ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका थिए।

उनकाे अन्तिम संस्कार आज अपरान्ह ३.०० बजे पशुपति आर्यघाटमा हुने पारिवार स्राेतले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

Array