अछाममा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – अछाममा जेठ १७ गतेदेखि वेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका – ४ का १५ वर्षका किशोर विनाेद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका-४ स्थित घर नजिकै शाही मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनाव भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले स्थानीयकाे अवराोधका कारण तनाव सिर्जना भएपछि अश्रुग्यास प्रहार र हवाई फायर गरिएकाे बताए ।

उनकाअनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तर आक्राेशित स्थानीयले प्रहरी प्रशासनविरूद्व नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । उनकाअनुसार अहिले छिमेकी जिल्ला डाेटीबाट थप सुरक्षाकर्मी मगाइएकाे छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियाे । जेठ १७ गते स्थानीय बजारमा मदिरा सेवन गरिरहेका बेला दुवै पक्षबीच झगडा भएकाे थियाे । साे क्रममा प्रहरी र स्थानीयबीच समेत विवाद भएकाे थियाे ।

राति ९ देखि करीब १२ बजेसम्म चलेकाे विवादकै क्रममा शाही वेपत्ता भएका परिवारको दाबी छ । फोटो र समाचार अनलाइन खबर बाट

प्रतिक्रिया दिनुहोस्