पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

- Advertisement -
Ad image

शनिबार ९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ९५७ पीसीआर तथा १ हजार २२७ एन्टिजेन परीक्षण भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्