माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो।

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिए। उनका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्‍ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो।

- Advertisement -
Ad image

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍नेछ। नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्