बाँकेमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ –  बाँकेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मोटरसाइकल चालक खजुरा गाउँपालिका–५ बस्ने ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–१५ अक्कल घरुवास्थित भित्री सडकमा रोकी राखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति शर्मा गम्भीर घाइते भएका थिए ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्