सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जे७ ४ गते कारागारभित्रै मृत्यु भएको थियो ।

आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान सुरु गरेको आयोगका सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।

मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेका थिए ।

आयोगले यो घटनाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array