मर्म विपरीत बोर्डलाई खारेज गर्दै कम्पनी मार्फत स्वास्थ्य बीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

काठमान्डौ-सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्दै कम्पनी मार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्ने घोषणा गरेका हुन् ।नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीेले स्वास्थ्य बीमा बोर्डलाई बीमा कम्पनी मार्फत सञ्चालन गर्ने गरी ल्याइएको बजेट कानुन विपरीत भएको बताएका छन् । जनस्वास्थ्यविद्हरु निजी कम्पनीलाई स्वास्थ्य बीमा कार्यक्रम दिँदा नाफामुलक कारोबारमा मात्रै जाने बताउँछन् । ‘स्वास्थ्यको सल्लाह विपरीत बीमाको कार्यक्रम अर्थ मन्त्रालयको एकल निर्णयमा आएको छ । सरकारले बजेटको घोषणाले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई नै असफल बनाउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विज्ञ तथा पूर्व स्वास्थ्यमन्त्रीहरु विरोध जनाएका छन् भने अर्को तिर बजेट आएको भोलिपल्ट मन्त्री शर्माले अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा भने ‘ स्वास्थ्य बीमाको कुरा छलफल भएर त्यसै अनुसार प्रक्रियामा छ अगाडी बढ्छ र बढिरहेको छ । राज्यले कमिटमेन्ट गरेको कुरा विभिन्न ढंगले हल गर्ने उपाय निकालेका छौं । बिमा कार्यक्रम निजि कम्पनि लाइ दिनु जनता को पक्ष मा हो या निश्चित व्यापारी पोषण , परिणाम आगामी दिनहरु मा छर्लंग हुदै जाने छ I

 

प्रतिक्रिया दिनुहोस्

Array