ओरालो लागिरहेको नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०७९, बुधबार
2 Min Read
Aa

काठमाण्डौ – पछिल्ला केही दिनदेखि ओरालो लागिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक घटेको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ। यस दिन २२९ स्टकको २७ हजार ५१९ पटकको कारोबारमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार नेप्से ओरालो लागेपनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ। त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया ग्रोथ फण्ड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य यस दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य यस दिन ३६ रुपैयाँ ७० पैसा घटेर ३३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, प्रभु इन्स्योरेन्स र मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नबिल बैंक, हिमालयन डिष्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नागरिक लगानी कोषको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array