दयाहाङ र बिपिनको ‘के घर के डेरा’ फिल्म छायांकन आजदेखि सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा’ छायांकन आजदेखि सुरु भएको छ । नयाँबजारमा पहिलो दिन गीत सुटिङ भयो ।

छायांकनको निश्चित समयतालिका निर्धारण नगरिएपनि सुटिङ काठमाडौं वरपर हुने निर्देशक खनालले जानकारी दिए । ‘खिच्दै जाँदा समयावधि पनि लम्बिन सक्छ’ खनालले अनलाइनखबरसँग भने, ‘गुणस्तरमा हामीले सम्झौता गर्नेछैनौं ।’

फिल्मलाई दीर्घ गुरुङले छायांकन गरिरहेका छन् । दृश्य चाहिँ केही दिनमा सुरु हुने जनाइएको छ ।

यसैवर्ष प्रदर्शन लक्ष्य तय गरिएको फिल्ममा दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपानको मुख्य भूमिका हुने जनाइएको छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण सुरु भएको फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्नेछन् । सिंगे लामाको कथा र महेश दवाडीको पटकथा रहेको फिल्मले काठमाडौंमा घर हुने र नहुनेबीचको असमानताको कथा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्