गणतन्त्र र संविधान तुहिन धेरै पर्खनु नपर्ला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
3 Min Read
Aa

भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा बहुशङ्ख्यक जनताको मतले  गणतन्त्र र सविधानको रक्षा गर्ने भन्ने कोरा नारा तुहिने दिन देख्न अब धेरै पर्खनु नपर्ला भन्ने पुष्टि हुन थाले।

गोर्खा नरेश द्रव्यशाह

फिरङ्गिहरूले प्रतिपादन गरी आफ्ना दासहरुमाथि प्रयोग गरेको “Divide and Rule” हिन्दीमा “फुट डालो राज करो” हाम्रा भाषामा “जनताजनार्दनका बीचमा वैमनश्यता अर्थात अनाहकमा लडाँञी लाउने वा (आपसमा फुट) कायम गराएर शासन गर” भन्ने विश्वमा नै पतन भइसकेको “लुटनीति”लाई फिरङ्गीका दासहरूका “महाँदास” बनेका यो देशका बहुदलवादी र गणतन्त्रवादीहरूले सोही लुटनीतिलाई “ आदर्श गुरु वाक्य” मानी यो देशका बहुशंख्यक जनतामाथि अल्पशङ्ख्यकहरूको शासन थोपर्ने काम गरेका छन् ।यी महाँदासहरूले “Divide and Rule” को फुटनीतिका आधारमा सर्वप्रथम यो सिङ्गो देशका जनतालाई हिमाल, पाहाड र तराईका नाममा बिभाजन गरी यी तीन क्षत्रका मानिसहरुका बीचमा रहेको भावनात्मक एकतामा बिषवृक्ष रोपेकै हुन् । यही फुटनीतिको विषवृक्षलाई मलजल गर्ने क्रममा विश्वका विभिन्न देशहरूमा अवसरकालागि रहेका आफ्ना नेपाली प्रजाको अभिभावकत्व लिँने राजा श्री ५ महेन्द्रको नीतिलाई लत्याएर, नेपालमा नेपालीहरुलाई “शरणार्थी नेपाली” बनाएर दुनीयाँलाई देखाएको गाइजात्रा छर्लङ्गै छ ।

त्यतीमात्र कहाँ हो र यी महाँदासहरूले हिमाल, पाहाड र तराई तीनवटै क्षत्रमा मानिसहरूको सदीयौंदेखिको भावनात्मक एकतालाई चिरा पार्दै आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम, महिला, खस, आर्य, अल्पशङ्ख्यक, सीमान्तकृत आदिमा विभक्त गरी विकासको नाममा बहुशंख्यक जनतामाथि साम, दान, दण्ड, भेदको नीति अवलम्वन गरी अल्पशङ्ख्यकहरूले गरेको शासनले गोर्खा नरेश द्रव्य शाहद्वारा स्थापित गोर्खा राज्य विस्तारका क्रममा गोर्खा राजा र गोर्खा प्रजाका परिश्रमले निर्माण गरेको हाम्रो देश र उनै पुर्खाहरुका हामी सन्तान-दरसन्तानहरुले अपमानित हुनु परेको कुरा सत्य हो ।

Guru Gorakshyanath
गुरु गोरखनाथ

त्यसैले जसरी फिरङ्गीहरुको “Divide and Rule ” को नीति संसारबाटै पतन भयो त्यसै गरी फिरङ्गीहरूका दासका दास अर्थात महाँदास बन्दै आएका यो देशका गणतन्त्रवादीहरूको कालो कर्तुत पतनको बाटोमा लागेको प्रमाण भनेको नै भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा बहुशङ्ख्यक जनताको मतले अल्पशङ्ख्यक शासकहरूलाई लोप्पा खुवाउँदै आएको कुरा पुष्टि हुन थालेको हुनाले गणतन्त्रवादीहरूको गणतन्त्र र सविधानको रक्षा गर्ने भन्ने कोरा नारा तुहिने दिन देख्न अब धेरै पर्खनु नपर्ला ।

श्री ५ महेन्द्रको

जय गोरखनाथ जय गोर्खा ।।
[स्मरणकालागि गुरु गोरखनाथ, तथा गोर्खा राज्य स्थापना गर्ने गोर्खा नरेश द्रव्यशाह र आफ्ना प्रजाहरुको अभिभावकत्व लिने गोर्खा राज्यका उत्तराधिकारी शाहबंशीय गोर्खा राजा श्री ५ महेन्द्रको फोटो प्रस्तुत छ ]

 

साभार ; डि राज कोइराला

प्रतिक्रिया दिनुहोस्