काठमाडौं– सोमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा एमालेका नेताहरूले आजै राजीनामा दिने भएका छन्।
मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामापत्र बुझाउनेछन् । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ ।
राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेको ७२ घन्टामै उसले आफ्नो निर्णय फेरेको हो ।
प्रतिक्रिया दिनुहोस्