आज दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गर्दै अन्त्य भएको थियो। जनयुद्धको जगमानै नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो ।
गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र त्यसको जगमा उठेको जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
प्रतिक्रिया दिनुहोस्