उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको जानकारी दिएको छ ।
सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्