मेयर बालेन नेतृत्वले भत्काएको टुकुचा फेरी व्यवस्थापनको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नेतृत्वले भत्काएको टुकुचा फेरि बन्ने भएको छ । जमिनमाथि दुर्गन्धित ढल बग्न नहुने भन्दै महानगरले व्यवस्थापनको तयारी गर्ने भएको हो ।
खाल्डो खनिएको ठाउँ व्यवस्थापन गर्ने तयारी गरिएको महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए । गत साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउन अल्टिमेटम जारी गरेको जानकारी दिएको छ । त्यसपछि भदौदेखि टुकुचा खोज्ने काम सुरु गरेको थियो ।
टुकुचा वरपर चार मिटर कायम गर्ने र टुकुचालाई खुला रूपमा बग्न दिने महानगरको योजना रहेको थियो । सो योजना कायमै रहेको महानगरले जनाएको छ ।
मेयर बालेनको निर्देशनमा टुकुचामाथि बनेका घरहरू भत्काउने अभियान चलाएपछि टुकुचामाथि पर्ने २१ घरधनीहरूले उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । रिट निवेदकहरूले वैध रूपमा नै जग्गाजमिन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरू नभत्काउन माग गरेका थिए । त्यसपछि अदालतबाट ुस्टे अडरु जारी हुँदा टुकुचा उत्खनन कार्य रोकिएको थियो ।

महानगरको खोतलेको टुकुचा अलपत्र हुनुको साथै तुरगन्धले स्थानीयलाई नी अफ्ठारो पारेको छ । जमिनमाथि ढल आएर दुर्गन्धित बनेको छ । सडक फुटपाथको जमिन भाँसिदै गएको छ । महानगरले अवैध संरचना भत्काउने अभियानअन्तर्गत टुकुचाको ट्रयाक खोज्न विभिन्न स्थानमा १२ देखि १५ फिट गहिरो खाल्डो खनेको थियो । पूर्वाधार सल्लाहकार लम्सालका अनुसार अदालतको आदेश महानगरलाई प्राप्त भएपछि व्यवस्थापनको काम थालिनेछ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्