विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीका अनुसार बुधबार ११ बजे बोलाएको बैठक विशेष कारण सभामुखको आदेशानुसार बिहीबार १ बजे बैठक बस्ने गरि स्थगित गरिएको छ ।
यसअघि आज मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची थियो। नागरिक उन्मुक्ति पार्टीले विश्वाशको मत नदिने भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने शुनिश्चित देखिएपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्नेछ।
प्रतिक्रिया दिनुहोस्