काठमाडौँ – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
यो रिपो डेढ महिनाको लागि जारी गरिएको हो । आज जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ।
बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।
पुस मशान्तमा बैंकिङ्ग प्रणालीबाट ठुलो रकम सरकारी खातामा जाने भएकोले सो अवधिमा बैंकहरुमा तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले उक्त रिपो जारी गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस्