मलेसिया श्रमिक ठगी प्रकरण: दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन म्याद थप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अदालतले चार दिनको म्याद थप गरेको छ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङविरुद्ध म्याद थप भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।

- Advertisement -
Ad image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्