आज ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ: राजेन्द्र लिङदेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज (सोमबार) ५ देखि ७ जनाको मन्त्रिपरिषद् गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।’

उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे । सरकार बाहिर बसेर नै राप्रपाले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे । संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्