काठमाडौँ – आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४.४६ अंकले घटेर १९३८.७६ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका मध्ये २४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ ६३ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सर्वाधिक ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको २० करोड २३ लाख, नबिल बैंकको ८ करोड ४७ लाख, हिमालयन डिस्टिलरीको ७ करोड ३८ लाख तथा नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये सयपत्री हाइड्रोको शेयर मूल्य सर्वाधिक ३.१२ प्रतिशतले बढेको छ । त्यस्तै आज अजोड इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज कारोबारमा आएका मध्ये १४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्