तराईमा आज अक्षय नवमी पर्व मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – तराई क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ। कार्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्वलाई धातृ नवमी र इच्छा नवमीसमेत भनिन्छ। कुभिण्डो दान गर्ने दिन भएकाले यो दिनलाई कुष्माण्ड नवमी पनि भनिन्छ।

यो पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना खाने परम्परा छ। घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ।

- Advertisement -
Ad image

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन छ। अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश यो पर्वले दिन मैथिल संस्कृतिका जानकार बर्दिबास नगरपालिका–२ का पण्डित महेशकुमार झाले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: