दसैँको शुभकामना दिँदै पूर्वराजाको गम्भीर प्रश्न: देशको राजनीतिकदेखि आर्थिक क्षेत्रसम्म किन छ अन्योलग्रस्त र अस्तव्यस्त?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले देशको समसामयिक राजनीतिक, संवैधानिक, न्यायिक तथा आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालका प्रमुख राज्य संयन्त्रहरू अन्योल, अलमल र अस्तव्यस्त स्थितिमा रहनुको कारणमाथि गम्भीर प्रश्न उठाएका हुन्।

- Advertisement -
Ad image

पूर्वराजा शाहले देशको राज्य प्रणाली र राजनीतिक नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्दै प्रजातान्त्रिक आधारहरू बलियो बनाउन तथा अर्थतन्त्रलाई सही दिशामा उकास्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान भू-राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रियता, स्वाभिमान र मौलिक परम्पराको संरक्षण गर्न कूटनीतिक चातुर्यता र सजगता अपनाउनुपर्ने उल्लेख गरे।

यसका साथै, पछिल्लो समय आएको बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै उनले प्रभावित संरचनाहरूको द्रुत पुनर्निर्माण र पीडितहरूको तत्काल पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

देशको संकटपूर्ण स्थितिलाई दृष्टिगत गर्दै यस वर्षको बडादसैँमा उनले सर्वसाधारणलाई टीका नलगाउने र सादगीपूर्वक मात्र मनाउने निर्णय यसअघि नै सार्वजनिक गरिसकेका छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्