सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा साढे २७ करोड बिगो दाबीसहित मुद्धा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरेन्द्र बहादुर सिंहविरुद्ध २७ करोड बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। साबिक चाँदनी-६ कञ्चनपुर घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४९ वर्षीय सिंहको २७ करोड ६७ लाख ७८ हजार ६ सय ५६ रुपैयाँ एक पैसाको स्रोत नखुलेपछि विशेष अदालतमा सोमबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले सिंह र उनकी श्रीमती शारदा देवी सिंह र छोरा जीवनबहादुर सिंहका नाममा रहेको सम्पत्तिहरू जफत गर्न पनि माग दाबी गरेको छ। साथै सिंहलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सघाएको भन्दै अर्का प्रतिवादी जयन्ती थापाविरुद्धसमेत मुद्धा दायर गर्दै गिल्ट इन्भेष्टमेन्टको नाममा रहेको चार लाख १४ हजार तीन सय ४ रुपैयाँ ५७ पैसा जफत गरी पाउन मागदावीसहित विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

- Advertisement -
Ad image

सिंहले विदेशी भारतीय रुपैयाँ, अमेरिकी डलरको अवैध कारोबार र जुवा सम्बन्धी कसुरबाट सम्पत्ति जोड्दै त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोग चलन, उपयोग, उपभोग र धारणसमेतका कानुनले निषेधित कार्यहरूमा प्रतिवादी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृतिम आर्थिक कारोबार देखाएको विभागको भनाई छ । सिंहको जुवा सम्बन्धी कसुर अदालतमा विचाराधीन रहेकोसमेत विभागले जनाएको छ ।

‘सुरेन्द्र बहादुर सिंहले साबिक सम्पत्ति शुद्धीकरण ९मनि लाउण्डरिङ० निवारण ऐन, २०६४ को ९पहिलो संशोधन, २०६८० को दफा ४ को देहाय खण्ड क र ङ एवं उक्त ऐनको दफा २८ र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीमा व्यवस्थित खण्ड द, भ र समेतको कसुर अपराध गरी प्राप्त गरेको सम्पत्तिको गैर कानुनी स्रोतको रूपान्तरण परिवर्तन हस्तान्तरण लगायतका निषेधित कार्यहरू गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आएकोले निजलाई कुल बिगो २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ ०१ पैसा बिगो कायम गरि‘एको छ विभागले भनेको छ ।

विभागको महानिर्देशकमा तारानाथ अधिकारी आएसँगै ठुला, रोकिएका र गम्भिरखालका अपराधहरूको सूक्ष्म ढङ्गले छानबिन अगाडी बढाएका छन् । उनलाई भदौ २८ गते सरकारले महानिर्देशको जिम्मेवारी दिई विभाग पठाएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्