चुनाव बिथोल्ने विप्लव समूहको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बिथोल्ने निर्णय गरेको छ ।

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जनाएका छन।

- Advertisement -
Ad image

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रूपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मङ्गलवार काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

बैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्