काठमाडौं– निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ बाट उम्मेदवार दिएकि डा.तोसिमा कार्कीले को रिट दर्ता सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी छन् । उम्मेदवारी खारेज गर्ने कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था रहेकोले उम्मेदवार खारेज गरिएको आयोगले बताएको छ । डा.तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठक समयमा भत्ता पाइने भएकाले निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको हो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी हुन् ।
उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको जानकारी दिएको छ ।
डा.तोसिमा कार्कीको रिटको पेसी मंगलबार

प्रतिक्रिया दिनुहोस्