महिला साफ यू-१५ खेल्ने नेपाली टोलीको बिदाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली टोलीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । एन्फाले एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताइन् ।

- Advertisement -
Ad image

डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोली:
गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर:सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड : दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्