गोरखा–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासि लडेर मृत्यु भएको हो ।

नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।

- Advertisement -
Ad image

वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट वडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासंघको नेपालको केन्द्रीय सचिवालय सदस्य समेत थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्