आगामी साता हिमपात र वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको विभागले जनाएको छ। आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेको छ।

- Advertisement -
Ad image

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१।५ डिग्री सेल्सियस रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्