एलन मस्कले किने सामाजिक सञ्जाल ट्विटर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । अर्बपति एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका हुन् । मस्का मालिक भएलगत्तै बिहीबार ट्विटरका सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।

चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेका छन् । दुवै पक्षले यस विषयमा कुनै जानकारी नगराए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
केही समयअघि मस्क सम्झौताबाट बाहिरिन खोजेका थिए । उनको कदमविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले मस्कलाई आजसम्मको समय दिएको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्