ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

सिरहाको कल्याणपुर १० मा आज बिहान ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भन्टाबारीबाट केरा बोकेर आएको ट्याक्टर कल्याणपुरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन् । मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक हुन् ।

- Advertisement -
Ad imageAd image

छठ पर्वका लागि बिक्री गर्न मृतक महेशले सुनसरीको भन्टाबारीबाट केरा ल्यादै थिए ।

गाउँमा आइसकेपछि ट्याक्टर दुर्घटनामा परेको हो । तर दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्