भेरी नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – भेरी नदीमा डुबेर एक जनाको को मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन । मंगलबार भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका- ४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र वीरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका हुन् ।

- Advertisement -
Ad image

बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको शव निकाल्ने र बेपत्ताको खोजी कार्य भइरहेको निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलङ्गामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मंगलबार भेरी नगरपालिका ११ मटेलास्थित भेरी नदी किनारामा पिकनिकको आयोजना गरेका थिए । पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्