ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । कन्जरभेटिभ पार्टीको नेताको दौड जितेपछि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

पेनी मोर्डन्टले पार्टीको नेतृत्त्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । मोर्डन्टले आफ्नो लागि पर्याप्त समर्थन जुटाउन नसकेपछि सुनकलाई समर्थन गरेका छन् ।

- Advertisement -
Ad image

यसअघि, सुनक प्रधानमन्त्रीको दौडमा लिज ट्रससँग पराजित भएका थिए । सुनक पहिलो ब्रिटिस एसियाली प्रधानमन्त्री बन्नेछन् । बेलायतले ठूलो आर्थिक चुनौतीहरू सामना गरिरहेको बेला उनले कार्यभार सम्हाल्न लागेका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्