प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ। हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्न थरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ। यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ।

यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ। जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ। माला एकपटक प्रयोग हुने वस्तु हो। ‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन्। तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ’, फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए।

- Advertisement -
Ad image
प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ। नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो। नेपाल फूलमा आत्मनिर्भर छैन। गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो। गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो। तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्