काठमाडौँ – प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका हुन् ।
स्टानफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल भएन । दोस्रो हाफको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए ।
थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्