काठमाडौँ – दिल्ली प्रहरीले नक्कली परिचयसहित नेपालमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरेको दाबी गरेको छ । समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भनेर बस्दै आएका यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो । परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्