गङ्गा सत्गौवा थारूले छाडिन एमाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – एमाले नेतृ गङ्गा सत्गौवा थारूले टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् । फेसबुकमा एक स्ट्याटस लेख्दै थारुले दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठिक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहनेछु । जनता भगवान् हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ ।’

- Advertisement -
Ad image

करिब दुई साता पहिले थारूले शान्ता चौधरीसँगको संयुक्त तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’ यसअघि थरुहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गङ्गा सत्गौवा दुई पटक समानुपातिक सांसद भएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: