दुई करोडभन्दा बढी अनुदान हिनामिना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

बाबुराम शर्मा
कालिञ्चोक गाउँपालिक–५ लापिलाङको रानीवन पहिरो नियन्त्रणका लागि वाग्मती प्रदेसबाट आएको दुई करोडभन्दा बढी अनुदान पूरा काम नगरी हिनामिना गरेको स्थानीयको गुनासो गरेको छन ।
सो पहिरो नियन्त्रण गर्न तारजालीका लागि प्रदेसबाट आएको दुई करोड २० लाख रुपियाँ पूरा कामै नगरी हिनामिना गरेको स्थानीय रत्नबहादुर खडकाले बताए ।
रकम सिध्याउन सात वटा उपभोक्ता समिति बनाई ३०÷३० लाख रुपियाँ भागबन्डा गरिदिइएको छ । स्थानीय खडकाले भने, झाडा टार्ने काम गरेर एक करोड ८६ लाख रुपियाँ खर्च भएको देखाइएको छ । बनाउदै नबनाएको ७५० घनमिटर ग्याविन पहिरोले बगाएको भनी मुचुल्का कार्यालयको मिलोमतोमा घोटला गर्न बनाइएको स्थानीयको आरोप छ । ‘ग्याविन बनाएको पनि छैन, पहिरोले तारजाली बगाएकै छैन,’ उनले भने ।
स्थानीय मोहनबहादुर थापाले भने, पैसा फ्रिज जान्छ भनेर सिध्याउन पहिरो नआउने ठाउँमा पनि जथाभाबी डोजर चलाएर पहिरो आउने बनेको छ । यति ठूलो पहिरो तारजाली लगाएर रोक्न सकिने नै छैन । यो पहिरो मागिखाने बाटो बनेको छ ।
अर्का स्थानीय सुन्दर श्रेष्ठले उपभोक्ता समितिले आएको रकमको २० प्रतिशत रकम कोही कोहीलाई खुवाउनु पर्छ भनेको बताए ।
ग्याबिन बगाएको मुचुल्काबारे अनजान झै बन्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख मङगल जाग्रीले भने, सात वटा उपझोक्ता समितिका लागि ३०÷३० लाख रुपियाँको व्यवस्था भएरै कार्यक्रम आएको हो । कामको मूल्याङकन गरी भुक्तानी भएको छ । कार्यालयको कुनै मिलोमतो छैन । पारदर्शी छ, कुनै हिनामिना भएको छैन ।
उपभोक्ता समितिले खर्च भएको भनी देखाएको तारजाली प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेचेर रकम लिने आशाले दिएको तारजाली रकम नआएपछि लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ भने झैँ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा तारजाली किन्न नपाइने भएपछि हिस्सा बुढी हरिया दाँत झै पनि भएका बताइएको छ ।
पालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक मुकुन्द शिवाकाटीका अनुसार वडाबाट दुई सय थान तारजाली उपलब्ध भएपछि ज्यालामा तारजाली भर्ने काम भएको हो । आएको नौ लाख रुपियाँमध्ये छ लाख ६४ हजार मात्र भुक्तानी भएको छ ।
लगाइएका तारजाली स्थलमै भएकाले पहिरो नियन्त्रणका लागि आएका रकमहरुमध्ये दुरुपयोग भएको रकम फिर्ता गराउन सम्ब्न्धिधत निकाय लाग्नुपर्ने स्थानीयहको जोडदार माग रहेको छ ।
रानीवन पहिरो नियन्त्रणका लागि घट्टेखोलाखामा लगाइएको ग्याविन जाली ।

तस्विर बाबुराम शर्मा

प्रतिक्रिया दिनुहोस्

Array