नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्बमा खुम्चियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो दिन पनि ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा ओर्लिएको हो । समग्र बजार घटेसँगै यस दिन कारोबार रकममा पनि संकुचन आएको छ । मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बुधबार कुल ४ अर्ब २ करोड ९३ लाख रुपैयाँमा कारोबार सीमित भएको छ ।

बजार खुलेको केही समयमै परिसूचक बढेर २७०६ विन्दुसम्म पुगे पनि बिक्री चाप बढेपछि अन्तिम समयमा बजार ओरालो लागेर बन्द भएको थियो । बुधबार कुल ३४३ कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच भएका छन् । कुल कम्पनीहरूमध्ये ७८ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

यस दिन एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै सर्वाधिक करिब १५ प्रतिशतको वृद्धि देखिएको छ भने गरिमा समृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ६.६० प्रतिशतले गुमाएका छन् । कारोबार रकमका आधारमा २२ करोड ४८ लाख रुपैयाँसहित हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रह्यो । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र अन्य उपसमूहबाहेक बाँकी ११ वटै समूहको सूचक ऋणात्मक रहे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्