निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आव्हान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि आइतबारदेखि दल दर्ता आह्वान गरेको छ । आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनको लागि आइतबारदेखि साउन ३१ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार २०७९ साउन १९ गते सम्म दर्ता भएका राजनीतिक दलले संविधानको धारा २ सय ७१ बमोजिम २०७९ साउन २२ गतेदेखि २०७९ साल साउन ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गराउनु पर्ने छ। शुक्रबार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ।

- Advertisement -
Ad image

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ। यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ।

‘राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निवेदनको ढाँचा आयोगको वेब (साइट www.election.gov.np  बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्