काठमाडौंमा – काठमाडौंमा बुधबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन। पक्राउ पर्ने सबै नेपाली रहेका हुन्।अपहरणकारीले दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए। परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्