राप्रपाको महंगी र भ्रष्ट्राचार विरुद्धको आन्दोलन देशैभरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

 

काठमाडौं–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो समय विभिन्न किसिमको माग गर्दे देशभरी विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । राप्रपाको भातृ संगठनहरुले आज बुधबार काठमाडौं लगायत ७७ वटै जिल्ला सदरमुकाममा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको जानकारी दिएको छ । भष्ट्राचार नियन्त्रण, महंगी नियन्त्रण, नागरिक विद्येयक खारेजी लगायतको विषयलाई लिएर आन्दोलन गरेको राप्रपाका सहायक महामन्त्री विजय खड्काले गोरक्षा पोष्टलाई बताएका छन् । ‘हाम्रो माग पुरा नभए आन्दोलन जारी रहन्छ,’उनले भने । राप्रपाले राष्ट्रिय हित विपरितका विषयमा सधै खबरदारी गर्ने  उनले बताए ।
त्यस्तै राप्रपाले दोलखामा पनि विरोध सभाको आयोजना गरेको छ । राप्रपाले गरेको विरोध सभामा स्थानीय बासिन्दाको पनि सहभागि रहेको राप्रपा दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले जानकारी दिए ।


केहि दिन अघि राप्रपाले हेटौंडामा नागरिकता विद्येयक खारेजीको माग गर्दै मसाल जुलुस निकालेर विरोध गरेको थियो । विभिन्न विरोध सभाहरुको पनि आयोजना गरेको थियो । राप्रपाले  आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array