म्याग्दीमा पहिरो, २ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – म्याग्दीमा मंगलबार (आज) बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको स्थानीयले जनाएका छन ।

घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ। गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन्। घामबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

- Advertisement -
Ad image

स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेका छन्। घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि करिब तीन घण्टा पैदल यात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्