काठमाडौं – पोखराबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ । बायाँ इन्जिनमा समस्या देखिएपछि विमान इमर्जेन्सी अवतरण गरेको हो । ४५ जना यात्रु सवार यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए ।
उडान गरेको ६ मिनेटमा नै जहाज अवतरण भएको र यात्रु सबै सकुसल रहेका छन् । क्याप्टेनका कारण सफल अवतरण गर्न सफल भएको यति एयरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्