काठमाडौ – कपिलवस्तुको विद्यतु प्राधिकरणको महसुल बुझाउने काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको छ। बाणगंगा नगरपालिका जितपुर ४ मा रहेको विद्यतु महसुल बुझाउने काउन्टरमा सो नक्कली १ हजारको नोट फेला परेको हो । बुधबार काउन्टरमा संकलन भएको रकम जितपुरस्थित कुमारी बैंक शाखा कार्यालयमा जम्मा गर्न जाँदा नोट नक्कली रहेको पत्ता लागेको थियो ।
प्राधिकरण तौलिहवा शाखाका प्रशासन प्रमुख भुपेन्द्र खनालले जितपुर काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको बताए । ङ १५ २२४६३१ नम्बरको भेटिएको हजारको नोट नक्कली नोट बैंकले आफैं राखेको छ। पातलो कागज, नोट भित्र सेतो देखिने धर्को निम्म गुणस्तर रहेको र गुराँसको फुल समेत स्पष्ट नदेखिएपछि नोट छाम्दा नोट नक्कली रहेको बैकका कर्मचारीहरुले पत्ता लगाएका थिए। काउन्टर स्थलमा सीसीटीभी समेत नरहेकोले कसले सो नोट ल्याएको भन्ने विषयमा अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । १ हजारको नक्कली नोट भेटिएपछि बैकहरुले सवाधानी अपनाउन सबैमा आग्रह समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्