सोधिएका सबै प्रश्नको उत्तर दिए:पूर्वअर्थमन्त्री जनार्दन शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानविन समितिलाईझण्डै तीन घण्टा बयान दिएका छन् ।
जेठ १४ गते राति मन्त्रालयमा असम्बन्धित व्यक्तिलाई बोलाएको र बजेटमा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविनका लागि गठित संसदीय विशेष समितिले पुनः आफ्ना कुरा राख्न उहाँलाई आज बोलाएको थियो ।

समितिले अहिले बजेट निर्माणसँग सम्बद्ध सरोकारवालासँग बयान लिने क्रममा बिहीबार शर्मासँग बयान लिएको हो । बयान दिएर बाहिरिने क्रममा शर्माले आफूलाई सोधिएका सबै प्रश्नको उत्तर दिएको पत्रकारहरुलाई बताए । उनले भने– ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’

तीन घण्टामा लामो बयानमा उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दोहोर्याएका छन् । ‘त्यहाँ को भित्र आयो, को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ’ उनले भने, ‘सुरक्षाकर्मीहरू हुन्छन् अरु मर्यादापलकहरू हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन ।’

सिसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने उनले जिकिरे गरे ।उनले भनाइ अनुसार ‘भिडिओ कहिलेसम्म रहन्छ, के हुन्छ त्योबारे मलाई केहि जानकारी थिएन’ । बिहीबार शर्मामाथि छानबिन समितिले बयान लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array