‘सोर्स’ मा न्यायाधीश बनेकी शाह बर्खास्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । न्याय परिषदले उच्च अदालतमा कार्यरत एक न्यायाधीशलाई नियुक्तिको चार वर्षपछि योग्यता नपुगेको अभियोगमा बर्खास्त गरेको छ। शुक्रबार बसेको परिषद बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेको हो।

अधिवक्ताको लाइसेन्स लिएर अन्यत्र जागिर गरिरहेकी शाहलाई २०७५ सालमा उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।

- Advertisement -
Ad image

पूर्वप्रधानन्याधीश रामकुमार प्रसाद शाहकी छोरी रेणुका योग्यता र क्षमता भन्दा पनि पहुँचका आधारमा मात्रै न्यायाधीश नियुक्त भएको आरोप लाग्दै आएको थियो। त्यस विषयमा उजुरी परेपछि परिषदले छानबिन गरेर नियुक्त हुनै अयोग्य रहेको ठहर गर्दै बर्खास्त गरेको परिषद स्रोतले जानकारी दियो।

उच्च अदालतको न्यायाधीश हुन कम्तिमा दश वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने भए पनि उनीसँग त्यो योग्यता नभएको उजुरी परिषद्‌मा परेको थियो। न्यायाधीश नियुक्त हुनुअघि उनी सिटिइभिटीमा कार्यरत थिइन्। उनले २०५२ सालमै अधिवक्ताको लाइसेन्स लिए पनि निरन्तर अभ्यासनमा भने थिइनन्।

वकालत बाहिर रहेकी छोरीलाई न्यायाधीश पद दिलाएका पूर्वप्रधानन्यायाधीश शाह अवकाश पछि न्यायपालिकाको शुद्धिकरण अभियानमा लागेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्