फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं। नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।

आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो।

- Advertisement -
Ad image

निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।

निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्