काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मूलक पर्चा, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको विज्ञप्ति मार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्