डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आज आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वर्पूण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी मुलुकको खाँचो पूरा गर्न सहयोग पुर्‍याएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीहरुलाई पदक वितरण समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array