एसपीपी बारे स्पष्ट पार्न प्रधानसेनापति शर्मालाई संसदीय समितिको पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ। केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनाले पत्र पठाएको विषयमा सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो।

समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ।

- Advertisement -
Ad image

समितिले परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।

नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र भन्दै सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो। केही दिन अघि सेनाले यसको खण्डन गरेको थियो।।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्