आईपिओ भर्ने म्याद पुनः थपियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – हिमालयन हाइड्रोपावर कम्पनीको २२ लाख ५० हजार कित्ता आईपिओ भर्न म्याद पुनः थप गरिएको छ। उक्त आईपिओमा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले म्याद पुनः थप गरेको हो। अव लगानीकर्ताले जेठ २३ गतेसम्म आवेदन दिन पाउने छन्। यसअघि पनि समय थप गरेर आज जेठ १६ गतेसम्म आईपिओ भर्ने समय थपेको थियो ।

कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री खुला गरेको हो।

- Advertisement -
Ad image

कम्पनीको यस आईपिओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। यस आईपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस आईपिओलाई ‘इक्राएनपी आईआर बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले यस आईपिओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

Source

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्